पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । खोटाङको साकेला गाउँपालिकास्थित मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
खोटाङ लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ३ : २५ बजे