पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकाका एक युवक मंगलबार राती चारआली जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घरबाट किराना पसलका लागी सामान किन्न बिर्तामोड आएका बुद्धशान्ति – ४ मन्दिरचोक निवासी मनकुमार पौडेल जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका उनी साँझ छ बजेसम्म पनि घर फर्किएनन् । घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जङ्गलमा उनी मृत भेटिएका हुन् । हाल उनको शवलाई पोस्टमार्टमका लागी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । परिवारजनले भने हत्या भएको आशंका गर्दै छानविनको माग गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ०३ बजे