पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका – २ का ३८ वर्षीय जीवन मगरको मृत्यु भएको हो ।
सोमबार दिउसो अन्न पिस्ने क्रममा आफ्नो घरमा राखेको पिसानी मिलमा विद्युत सर्ट भई करेण्ट लाग्दा उनको मृत्यु भएको हो । उनी सगैं ३५ वर्षीय स्थानीय पूर्णकुमार मगर करेण्ट लागेर घाइते भएका छन् ।
करेण्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । अस्पताल पुग्न साथ बेलुका ९ बजे जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ५३ बजे