पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबारसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिए । नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र पनिकाको वेभसाइटमार्फत् हेर्न सकिनेछ । वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ३९ बजे