पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका – ९ कोशी टप्पु बन्यजन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका – ११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् ।
आइतबार दिउसो साढे ३ बजे कोशी टप्पु वन्य जन्तु आरक्षण स्थित घुम्नेक्रममा प्र १ ०२- ०४४ प ६६८१ न को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढली किचेर घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए ।
घाइतेको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । हिजो नै भक्तपुरमा रुखले गाडी किच्दा ३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : १९ बजे