पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाल्पा । पाल्पाको रिब्दिकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन् ।
गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका – २ रिब्दीकोटमा दुर्घटना भएको हो । बस सडकबाट करिब ३-४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बस दुर्घटना भएको वडाअध्यक्ष ओम प्रसाद पोखरेलले पुष्टि गर्नुभयो । उहाँका अनुसार ६ जना यात्रुको शव फेला परेको छ ।
दुर्घटनाका घाइतेहरुलाइ जिल्ला प्रहरी कार्यालयको टिमले उद्दार गरी उपचारको लागि तानसेन पठाएको छ ।
उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : २३ बजे