पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गाउँपालिका उपाध्यक्ष शंकर भट्टराईले बताए ।
आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ जना किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।
कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए ।
मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गर्ने भनिएपनि थप परीक्षण पनि आवश्यक पर्ने भन्दै धरान लगिएको भट्टराईले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : ४० बजे