पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । फिदिम नगरपालिकाले वडा नं ११ र १२ का किसानलाई घाँस काट्ने मेशिन ‘चापकटर’ वितरण गरेको छ ।
आईतबार वडा नं. ११ का ३ जना कृषकलाई ३ थान र वडा नं. १२ का ११ जना कृषकलाई ११ थान मोटर सहितको चापकटर मेसिन नगर प्रमुख श्री मित्र प्रसाद काफ्लेले एक कार्यक्रम गरि हस्तान्तरण गरेका हुन ।
समग्र कृषि क्षेत्रलाई प्रबर्धन गर्ने उद्धेश्यका साथ फिदिम नगरपालिकाले अनुदानमा वितरण गर्ने ८३ थान चापकटर मेशिन मध्ये वडा नं ११ र १२ का यि किसानलाई १४ थान मेशिन वितरण गरिएको नगरप्रमुखका स्वकिय सचिव भिम कार्किले जानकारी दिएका छन ।
कार्यक्रमा फिदिम वडा नं. ११ र १२ का अपाङगता भएका व्यक्तिहरुका लागि ३ थान ह्वील चेयर, ५ थान कम्बोड चेयर, ३ जोडी बैसाखी र ३ थान लठ्ठी समेत नगर प्रमुख मित्र प्रसाद काफ्ले हस्तान्तरण गरेका छन । फिदिम ११ का जित वहादुर मेयाङबालाई ह्वील चेयर, प्रेम कुमार श्रेष्ठ, तिलरुपा राउत र दावा तामाङलाई १।१ थान कम्बोड चेयर र दावा तामाङलाई १ थान बैसाखी हस्तान्तरण गरिएको छ । त्यसैगरि फिदिम १२ का कमल थाम्सुहाङलाई ह्वील चेयर २ थान, पास्तिम्बा शेर्पालाई २ थान कम्बोडा चेयर, ठुले विश्वकर्मा सहित ३ जनालाई लठ्ठी ३ थान र दिल कुमारी आङबोलाई २ थान बैसाखी उपलब्ध गराईएको कार्किले जानकारी दिएका छन ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ५३ बजे