पाँचथर । ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने एकजना मजदुरको डुबेर मृत्यु भएको छ । काभ्रेपलान्चोकका २९ वर्षीय तीर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मृत्यु भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिगई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ९ : ३८ बजे
प्रतिक्रिया