पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो।
मंगलबार बिहान पनि प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
‘पर्सी बिहीबारसम्म देशभर वर्षा भए पनि त्यस्तो ठूलो वर्षाको सम्भावना भने नरहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : २६ बजे