पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

ताप्लेजुङ । मकै गोड्ने क्रममा ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मेरिङदेन गाउँपालिका – २ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : २० बजे