फिदिम । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रेस स्वतन्त्रता सेनानी एवं सम्मान पुरस्कार बाट सम्मान गरिएको छ ।
![](https://i0.wp.com/shaktipost.com/wp-content/uploads/2022/07/jha-3-768x354.jpg?resize=720%2C332&ssl=1)
नेपाल पत्रकार महासंघ पाँचथर शाखाले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानबाट यस वर्ष पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा सम्मानित हुनुभएको हो । शनिवार पाँचथरको सदरमुकाम फिदिममा आयोजना गरिएको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कार सहित सम्मान गर्नुभएको छ ।
सम्मान पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैया रहेको छ । पूर्वअध्यक्ष झाले नेपालमा प्रेस, अभिब्यक्ति र नागरिक स्वतन्त्रताका लागि पुर्याउनुभएको योगदानको मूल्याङ्कन एवं कदर गर्दै शाखाले सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व झाले, ‘पाँचथर शाखाले गरेको यो सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको महशुस भएको छ । हामी पत्रकारहरुको नेपालका हरेक राजनीतिक एवं नागरिक अधिकारको आन्दोलनमा उपस्थिति रहेको र अबको हाम्रो दायित्व भनेको ‘मिडिया लिटीरेसी’ रहेको बताउनु भएको छ । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आवद्ध भई समाजको हितमा काम गरिरहन थप उर्जा, हौसला र प्रेरणा प्राप्त हुने वताउँदै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने वताउनुभयो ।’
![](https://i0.wp.com/shaktipost.com/wp-content/uploads/2022/07/jha-2-768x373.jpg?resize=720%2C350&ssl=1)
पाँचथर शाखाले २०६९ सालमा स्थापना गरेको यो स्वतन्त्रता सेनानी एवं सम्मान पुरस्कार २०७२ सालबाट वितरण सुरु गरिएको हो । उक्त पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र बिष्ट सम्मानित भइसक्नु भएको छ ।
पुरस्कार वितरण कार्यक्रममा हरेक बर्ष पाँचथर शाखाले प्रदान गर्ने प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कार यसबर्ष नेपाल टेलिभिजनका पाँचथर सम्वाददाता विजयबोध लावती र हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका पाँचथर सम्वाददाता खबिन लुइटेललाई प्रदान गरिएको छ ।
साथै शाखाले जिल्ला रहेर क्रियाशिल पत्रकारिता गरि उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समिति पाँचथरका सम्वाददाता रवीन्द्र काफ्ले, उत्कृष्ट खोजमुलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुप पाँचथर प्रतिनिधि लक्ष्मी गौतमलाई समेत प्रसंशापत्र तथा नगद सहित पुरस्कृत गरेको छ ।
प्रकाशित मिति : १८ असार २०७९, शनिबार ९ : ४७ बजे
प्रतिक्रिया