पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल, नवमिडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपलिका वडा नंं.२ स्थित त्रिभुवन आाधारभूत विद्यालय,पात्लेभन्ज्याङका पूर्व प्रधानाध्यापक दुर्गा प्रसाद चापागाईलाई विदाइ तथा सम्मान गरिएको छ ।
२०३९ सालदेखि उक्त विद्यालयमा निरन्तर काम गरी २०७८ चैत्र ३० गतेबाट अनिवार्य अवकास हुनुभएका पूर्व प्रधानाध्यापक चापागाईंलाई विद्यालयले बुधबार दिउसाे एक कार्यक्रमको आयोजना गरी विदाइ तथा सम्मान गरेको हो ।
विदाइ तथा सम्मान कार्यक्रमका वक्ताहरुले पूर्व प्रधानाध्यापक चापागाईंले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक,भौतिक तथा समग्र पक्षमा पु¥याउँनुभएको योगदानको चर्चा गरेका थिए ।
बिदाइ तथा सम्मानित हुनुभएका दुर्गा प्रसाद चापागाईं २०७१ सालदेखि २०७८ चैत्र ३० गतेसम्म उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको थियो । गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनबाट उहाँ फाल्गुनन्द गाउँपालिका वडा नं.२ को वडासदस्यमा निर्वाचित समेत हुनुभएको छ ।
विदाइ हुनुभएका पूर्व प्रधानाध्यापक चापागाईंलाई विद्यालयको तर्फबाट फूलमाला र अविरजात्रा गरी सम्मानपत्र र मायाको चिनो उपहार प्रदान गरी सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक महानन्द खतिवडाले जानकारी दिएका छन ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधिहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,अभिभावकहरु,विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार नेम्वाङको अध्यक्षता र फाल्गुनन्द गाउँपालिका वडा नं.२ का वडाध्यक्ष सन्तोष कुमार नेम्वाङको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १० : ०५ बजे