पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम – लोपोन्मुख ‘गिद्ध’ फिदिम–२, ओदिनस्थित पत्रकार नारायण तुम्बापोको आँगन नजिकै सोमबार दिउँसो घाइते अवस्थामा भेटिएको छ ।

फिदिम–२, ओदिनमा घाइते अवस्थामा भेटिएको गिद्ध । तस्विर– नारायण तुम्बापो ।

उड्न र हिंड्न सक्ने अवस्थामा नरहेको उक्त ‘गिद्ध’ को उद्धार गरी डिविजन वन कार्यालयमा खबर गरि कार्यालयका प्रतिनिधिलाई जिम्मा दिएको पत्रकार तुम्बापोले बताए ।

डिविजन वन कार्यालयका सहायक वन अधिकृत श्रीनारायण यादवका अनुसार बृद्ध पक्षि ‘इन्डियन भल्चर’ हो । लामो समयसम्म आकाशमा उडिरहँदा भोक र थकाईले भुईमा झरेको हुन सक्ने उनले बताए ।

उक्त गिद्धलाई हालः डिविजन वन कार्यालय फिदिममा राखेर खानेकुरा दिने, हेरचार गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । ठिक भएपछि वनमा छोडिदिने बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ०० बजे