पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ०५ पतुङवा देखि आईतबार विहान १०:३० बजे झापा दमकतर्फ बिरामी लिएर गएको मे १ ज ४८७ नम्वर बलेरो जिप सडकबाट एकसय ५० मिटर तल खस्दा ३ जनाको घट्नास्थलमै मृत्यू भएको छ ।

दुर्घट्नामा मिक्लाजुङ ५ का ६५ वर्षीय हिमप्रसाद लावती, उनकी ५७ वर्षीय श्रीमती पदमकुमारी लिम्बू र इलाम माङसेवुङ २ वस्ने ५० वर्षीय प्रकाश राईको घट्नास्थमै मृत्यू भएको हो । दुर्घट्ना माङसेवुङ गाउपालिका­­ – २ दहगाँउमा भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  प्रहरीका अनुसार बलेरोमा तीनजना मात्रै सवार थिए ।

माङसेवुङ गाउपालिका­­ – २ दहगाँउमा भएको बुलेरो दुर्घटना

यता, आईतबार अपरान्ध ४:२० बजे मेची राजमार्गको इलाम फिदिम सडक खण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द ३ पाङग्रेभीरमा कार दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएका छन । झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम आँउदै गरेको मे १ ज २७८४ नम्वरको कार अनियन्त्रित भइ सडकबाट सातसय मिटर तल खस्दा कारका चालक झापा जलथल ५ निवासी ४५ वर्षीय प्रकाश बुडाथोकीको घट्नास्थलमै ज्यान गएको हो ।

कारमा सवार पाँचथर फालेलुङ गाँउपालिका २ का ३६ वर्षीया भिष्म केरुङ गम्भिर घाइते भएका छन । उनलाई उपचारार्थ झापाको तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ५२ बजे