पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा शुक्रबार साँझ नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियुले सरकार विरुद्ध मसाल जुलस सहितको विरोध प्रदर्शन गरेका छन ।

 पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य वृद्धि रोक्नुपर्ने, जनतालाई मार पर्ने करहरु हटाउनु पर्ने, बजेट निर्माणका क्रममा विचौलियालाई प्रवेश गराएको आरोप लागेका अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, सवारीका साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नियम हटाउनु पर्ने लगायतका माग गर्दै फिदिम बजारको गेटबाट सुरु भएको जुलुस बजारको परिक्रमा पछि गणतन्त्र चोकमा आई कोणसभामा परिणत भएको थियो ।

सरकारले अर्थतन्त्र संकटउन्मूख रहेको वेला पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरेको, बजेट निर्माणको प्रक्रीयामा करका दरहरु आफू निकट ब्यापारीको हितका लागि परिवर्तन गरी नीतिगत भ्रष्टाचार गरेको र यस्तो गम्भीर अपराध गर्ने अर्थमन्त्री मन्त्री पदमै बहाल रहेकोले देशब्यापी विरोध कार्यक्रम तय गरिएको राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले  बताए । उनले भने­- “सरकारले जनताका जायज माग सम्बोधन नगरे विरोधका कार्यक्रम सहित निरन्तर आन्दोलनमा उत्रने छौ।”

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २७ बजे