पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको याङवरक गाउँपालिकाले आफ्नो क्षेत्रका कृषक र कृषक समूहलाई १७ थान हाते ट्याक्टर / मिनि ट्रिलर वितरण गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को चालु बजेटको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत रु. १२ लाख ५८ हजारको लागतमा १७ थान ट्याक्टर खरिद गरी गाउँपालिका भित्रका कृषक समूह तथा सहकारीहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

 विहिबार गाउँपालिकाको केन्द्र थर्पू बजारमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिहरुलाई हाते ट्याक्टर वितरण गरेका हुन ।

कृषक समूह तथा सहकारीहरुसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी तथा वडा नं. २ को ९० प्रतिशत लागत साझेदारीको रकमबाट हाते ट्याक्टर वितरण गरिएको हो ।

कृषिमा यान्त्रिकीकरण गर्दै गाँउपालिकाको कृषि उपज उत्पादन बृद्धि गर्न तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष योङयाको भनाई छ ।

गाउँपालिकाको कृषि शाखाद्वारा आयोजित हाते ट्याक्टर वितरण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजेन्द्र खालिङ राई, वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङ, वडा नं. ३ का वडाध्यक्ष विमल राई सहित गाउँपालिकाका कर्मचारीहरु, कृषक समूह तथा सहकारीका प्रतिनिधिहरु लगायतको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : २९ बजे