पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । सङ्खुवासभामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका( ११ कि ८६ वर्षीया मनमाया मगर रहेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : २६ बजे