पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फाल्गुनन्द गाँउपालिका – ७  मा  सोमबार एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । ५५ बर्षकी टिका शेर्माको आफ्नो घर नजिकैको उताने नामले चिनिने भिरमा घाँस काटने क्रममा लडेर ज्यान गएको हो ।

मृतक शेर्माको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको र घटनाको थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख राकेश थापाले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : १६ बजे