पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि मंहगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन ।
‘पेट्रोलिय पदार्थ, एलपि ग्यास मात्र नभएर, प्रत्येक उपाभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महंगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने । ‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने । राप्रपा प्रवक्ता लावतीले आफ्नो गृहजिल्ला पाँचथरको तुम्बेवा गाउँपालिका मौवाबजारमा सम्पन्न पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् । समाजको हरेक तहमा भ्रष्टाचारले जरा गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण असफल रहेको बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : २० बजे