पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सुनसरी – सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । चुरोटको विषयमा झगडा हुँदा आफ्नै दाजुले खुकुरी प्रहार गरी १८ वर्षीय भाइ देवकुमार धामीको हत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।

बराहक्षेत्र नगरपालिका-४ कौवाका ३० वर्षीय देबराज धामीले हत्या गरेको प्रहरीले जनाएको छ । आज आईतबार देवराजलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

चुरोटको निहुँमा दाजुभाइको झगडा भएको प्रहरीले जानकारी दिएको छ। खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएका थिए । धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : १३ बजे