पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका – ६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको र घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : १८ बजे