पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । गतराति शुक्रबार पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका – ३ नाम्लुवामा राति करिब ९ बजे ट्रयाक्टर दुर्घटना हुँदा चालक सुरेश साँवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार पञ्चमुखी देखी थोक्लिम्बा तर्फ जाँदै गरेको १–०२–००३ त १८५४ नम्बरको खाली ट्रयाक्टर पञ्चविर लोहारको घरमा ठोकिएर सडक देखि १० फिट तल झरी चालक साँवाको मृत्यु भएको हो ।

मेचि राजमार्गको झापा-ईलाम सडक खण्ड सूर्योदय नगरपालिका ७ सुकेपोखरीमा शुक्रबार बेलुका साढे ७ बजे  भएको स्कारपियो दुर्घटनामा झापा बिर्तामोड ३ का ५७ वर्षीय ईश्वरीप्रसाद खरेलको मृत्यु भएको छ ।

 झापाबाट फिक्कलतर्फ आउदै गरेको प्रदेश १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।  दुर्घटनामा स्कारपियो गाडीमा सवार गाडी चालक झापा बिर्तामोड ५ का ५० वर्षीय गणेश पराजुली, बिर्तामोड ४ का ४५ वर्षीय एकराज बिष्ट, बिर्तामोड ४ का ४५ वर्षीय डिल्ली बस्नेत, बिर्तामोड ३ का ४७ वर्षीय तसबहादुर प्रधान र बिर्तामोड ४ का ५३ वर्षीय सन्तोष श्रेष्ठको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : ११ बजे