पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमान्डौ । बालविकास कक्षाका शिक्षक / सहजकर्ताको पारिश्रमिक  वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा बाल विकास सहजकर्ताको मासिक दुई हजार रुपियाँका दरले पारिश्रमिक वृद्धि भएको प्रत्यक्ष उल्लेख नगरिए पनि एक्टीभीटीज शिर्षक अन्तर्गत राखि बृद्धी गरिएको छ ।

संघिय सरकारले  गत वर्षदेखि ८ हजार रुपियाँ प्रदान गर्दै आएकोमा आर्थिक वर्ष २०७९–०८० देखि दुई हजार रुपियाँ थप गरेर १० हजार रुपियाँ उपलब्ध गराउने  र स्थानीय तहले यसमा  ७ हजार रुपियाँ थपगरी प्रदान गर्नुपर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । यो २ हजार बृद्धि संगै सहजकर्ताको जम्मा १७ हजार तलब पुगेको हो ।

अर्थ मन्त्रालयका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टीभीटी भनेर बाल विकास केन्द्रका सहजकर्ताको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जानकारी दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ । केन्द्रका अनुसार कार्यक्रम अन्तर्गत दुइ हजारले वृद्धि गरी एक मुष्ठ रकम तलब बृद्धि समेत उल्लेख गरेर पठाइने जनाएको छ । त्यसैगरी विद्यालय कर्मचारीको हकमा के गर्ने भन्ने बारे अर्थ मन्त्रालयमा छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : २८ बजे