पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेका सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन । अघिल्लो एमाले सरकारले ल्याएका करिब १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका हुन ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजेट छुट्याउन नसकेको आरोप लगाए ।

उनले भने, ‘यो सरकारले ल्याएको बजेट पूर्वाग्रही, भौगोलिक रुपमा असन्तुलित, विरोधाभास र हचुवाको भरमा ल्याएको छ । कतिपय आवश्यकिय योजनाहरु हटाईएको छ । अहिलेका भौतिक पूर्वाधार मन्त्रीले आफ्नो जिल्ला सप्तरीमा ३४ वटा योजना बजेटमा छुट्याएको तर कोशि पारिलाई बेवस्ता गरेको छ । एकातिर नीतिगत कुरा गर्ने र अर्कोतिर जाल झेल गर्ने प्रकृतिको रहेकोले भौतिक पूर्वाधार मन्त्रालयको प्रगति पर्याप्त हुन नसक्ने भएकाले १ रुपैया बजेट राखेर विरोध जनाएको छौं।’

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ५ : ३६ बजे