पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरका ८ स्थानीय तहका लागि आर्थिक बर्ष २०७९ / ०८० मा कूल ३ अर्व २७ करोड १६ लाख बजेट विनियोजन भएको छ । संघिय सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी फिदिम नगरपालिकाको बजेट रहेको छ । फिदिम नगरपालिकाले कूल ७५ करोड ५१ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ ।

यस्तै सबैभन्दा थोरै बजेट कुम्मायक गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट २५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यसैगरी तुम्वेवा गाँउपालिकाको लागि २६ करोड ३९ लाख रुपैयाँ विनियोजन भएको छ । फालेलुङ गाउँपालिकाको लागि ३८ करोड ३४ लाख, फाल्गुनन्द गाउँपालिकाको लागि ४४ करोड ५७ लाख, मिक्लाजुङ गाउँपालिकाको लागि ४७ करोड ७२ लाख, याङवरक गाउँपालिकाको लागि ३७ करोड ४४ र हिलिहाङ गाउँपालिकाको लागि ३२ करोड ७७ लाख रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित बजेट समानिकरण अनुदान,(न्यूनतम, सुत्रमा आधारित, कार्यसम्पादनमा आधारित अनुदान) सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी ४ भागमा वर्गीकरण गरि संघिय सरकारले विनियोजन गरेको हो । कार्यसम्पादनको आधारमा पाँचथरमा सबैभन्दा बढी बजेट याङवरक गाउँपालिकाले प्राप्त गरेको छ । कार्यसम्पादन तर्फ यो गाउँपालिकाले ६४ लाख रुपैयाँ बजेट प्राप्त गरेको हो । दोश्रोमा फिदिम नगरपालिकाले ६० लाख प्राप्त गरेको छ भने सवैभन्दा कम कुम्मायक गाउँपालिकाले ४५ लाख प्राप्त गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ५६ बजे