पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्ला समन्वय समिति (जिसस) को प्रखुखमा रामराज आङदाम्बे र उपप्रमुखमा यामकुमार आङबोको मनोनयन पत्र – उमेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमको  जिसस निर्वाचन तालिका अनुसार आज विहिबार ९ जनाको उमेद्वारी दर्ता भएको हो । आयोगले विहिबार अपरान्ह ४ बजे सम्म दिएको मनोनयन पत्र – उमेद्वारी दर्ताको समयमा गठबन्धनका ९ जना उमेद्वारको मात्र उमेद्वारी दर्ता भएको छ ।

आङदाम्बे नेपाली कांग्रेसबाट फाल्गुनन्द गाउँपालिका वडा नं. १ देखि निर्वाचित वडा सदस्य हुन भने आङबो नेकपा माओवादी केन्द्रबाट फिदिम नगरपालिका वडा नं. ११ देखि निर्वाचित वडा सदस्य हुन ।

पाँचथर जिससका लागि नेपाली कांग्रेसबाट प्रमुख सहित ४ सदस्य,  नेकपा माओवादी केन्द्रबाट उपप्रमुख सहित ४ सदस्य र नेकपा एकिकृत समाजवादीबाट १ सदस्यमा सहमति गरि मनोनयन दर्ता गरिएको नेपाली कांग्रेस पाँचथरका सचिव दिपक नेपालले जानकारी दिएका छन ।

सदस्यहरुमा नेपाली काग्रेसका डिलेन्द्र शेर्मा, टेकराज योङहाङ, हिमओती जबेगु, माओवादी केन्द्रका रिना गुरुङ, मणिकुमार थाम्सुहाङ, अमृतराई वान्तवा र एकिकृत समाजवादीका लेन्जु थाम्सुहाङको मनोनयन दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृको कार्यालय फिदिमले जेठ २३ गते मतदानको समयतालिका प्रकाशित गरे पनि ९ जनाको मात्र मनोयन भएकोले सवै गठबन्धनका उमेद्वार निर्विरोध निर्वाचित भएका छन ।

८ स्थानीय तह रहेको पाँचथरमा नेपाली कांग्रेसले फिदिम नगरपालिकाको प्रमुख सहित ५ गाँउपालिकाको अध्यक्ष १ उपाध्यक्ष, माओवादी केन्द्रले १ अध्यक्ष ५ उपाध्यक्ष, एमालेले १ अध्यक्ष २ उपाध्यक्षमा विजय हासिल गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २२ बजे