पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको एकमात्र नगरपालिका, फिदिम नगरपालिका, नगरकार्यपालिकाको निर्वाचनमा गठबन्धनका सवै उमेद्वार निर्वाचित भएका छन । आज बुधबार मध्यान्न भएको कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट निरबहादुर विश्वकर्मा (विमल), डिल्लीराम विश्वकर्मा र नरेन्द्र कामी निर्वाचित भएका हुन ।

निरबहादुर नेपाली कांग्रेसका हुन भने डिल्लीराम र नरेन्द्र नेकपा माओवादी केन्द्रका हुन । ४ जनाको उमेद्वारी रहेकोमा स्वतन्त्र उमेद्वार उमेशकुमार नेपाली पराजित भएका छन । उनि गठबन्धनकै घटक नेकपा एकिकृत समाजवादीका हुन । उनले गठबन्धन विरुद्ध विद्रोह गरि उमेद्वारी दिएका थिए ।

त्यस्तै कार्यपालिका महिला सदस्यमा नेपाली कांग्रेसका कामना राई, शारदादेवि पोखरेल, शुस्मिता रम्तेल, सिमा तुम्बापो र नेकपा माओवादी केन्द्र कि सिता गिरि बर्देवा निर्विरोध निर्वाचित हुनभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, फिदिमले जानकारी दिएको छ ।

बुधवार भएको निर्वाचनबाट नगरसभा र नगरकार्यपालिकाले पूर्णता पाएको छ । ७५ सदस्यिय गाँउ सभा  र  २४ सदस्यिय नगरकार्यपालिका गठन भएको छ । नगरसभामा गठबन्धनको संख्या ५० पुगेको छ भने एमाले – राप्रपा तालमेलको २४ र स्वतन्त्र १ रहेको छ ।   नगरकार्यपालिकामा गठबन्धनका प्रमुख / उपप्रमुख, ७ जना वडाध्यक्ष सहित १७ जना र एमालेका ४ जना वडाध्यक्ष, राप्रप्राका २ जना वडाध्यक्ष र १ जना स्वतन्त्र वडाध्यक्ष रहेका छन । नगरसभा तथा नगरकार्यपालिकामा गठबन्धनले भारी बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ५७ बजे