पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको याङवरक गाउँपालिका, गाउँकार्यपालिकाको निर्वाचनमा एमालेका सवै उमेद्वार निर्वाचित भएका छन । आज बुधबार मध्यान्न भएको कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट कुमारध्वज सुनुवार र विश्वमणी राई निर्वाचित भएका हुन । दुवै जना निर्विरोध निर्वाचित हुन भएको हो ।

त्यस्तै कार्यापालिका महिला सदस्यमा एमालेका शान्ति राई, कल्पना लोहार, हर्कदेवि सेवा र पूर्णकुमारी नुगो निर्वाचित हुन भएको निर्वाचन अधिकृतको कार्यालय, याङवरकले जानकारी दिएको छ । जसका लागि ८ जनाको उमेद्वारी दर्ता भएकोमा निर्वाचित चारै जनाले १८/१८ मत प्राप्त गरि विजयी हुन भएका हो ।

बुधवार भएको निर्वाचनबाट गाँउसभा र गाँउकार्यपालिकाले पूर्णता पाएको छ । ३४ सदस्यिय गाँउ सभा गठन भएको छ भने १४ सदस्यिय गाउँकार्यपालिका गठन भएको छ । गाँउसभामा एमालेको संख्या २० पुगेको छ भने गठबन्धनको १४ रहेको छ । यता  गाउँकार्यपालिकामा एमालेका अध्यक्ष / उपाध्यक्ष, ३ जना वडाध्यक्ष सहित ११ जना र गठबन्धनका ३ जना वडाध्यक्ष रहेका छन । गाउँसभा तथा गाउँकार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : ३९ बजे