पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको कुम्मायक गाँउपालिका, गाँउकार्यपालिकाको निर्वाचनमा एमालेका सवै उमेद्वार निर्वाचित भएका छन । आज सोमबार मध्यान्न भएको कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट डिकबहादुर दर्जी र लक्ष्मि नेपाली निर्वाचित भएका हुन । जसका लागि ४ जनाको उमेद्वारी दर्ता भएको थियो ।

त्यस्तै कार्यापालिका महिला सदस्यमा बेदमाया चापागाई, ईन्द्रसरी विश्वकर्मा, गंगादेवि वोहोरा र धनमाया तामाङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय, कुम्मायकले जानकारी दिएको छ । जसका लागि ८ जनाको उमेद्वारी दर्ता भएको थियो ।

आज भएको निर्वाचनबाट गाँउसभा र गाँउकार्यपालिकाले पूर्णता पाएको छ । २९ सदस्यिय गाँउ सभा गठन भएको छ भने १३ सदस्यिय गाँउकार्यपालिका गठन भएको छ । गाँउकार्यपालिकामा गठबन्धनका अध्यक्ष / उपाध्यक्ष सहित ४ जना र एमालेका ३ वडाध्यक्ष सहित ९ जना रहेका छन । एमालेले बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : २२ बजे