पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको कुम्मायक गाँउपालिका, गाँउकार्यपालिकाको निर्वाचनका लागि १२ जनाको उमेद्वारी दर्ता भएको छ । कार्यपालिका सदस्य दलित वा अल्पसंख्यक समुदायका लागि ४ जना र महिला सदस्यका लागि ८ जनाको उमेद्वारी दर्ता भएको हो ।  

आईतबार भएको मनोनयनपत्र दर्ता – उमेद्वारको नामावलिमा दलित वा अल्पसंख्यकका लागि नेकपा एमालेका २ जना, नेकपा माओवादी केन्द्रका १ जना र जनता समाजवादी पार्टि,नेपालका १ जनाको उमेद्वारी दर्ता भएको हो । कार्यपालिका महिला सदस्यका लागि नेकपा एमालेका ४ जना, नेकपा एकिकृत समाजवादीका २ जना र जनता समाजवादी पार्टि,नेपालका २ जनाको उमेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय, कुम्मायकले जानकारी दिएको छ ।

५ वटा वडा रहेको गाँउपालिकामा गठबन्धनका अध्यक्ष / उपाध्यक्ष सहित १२ जना निर्वाचित भएका छन भने नेकपा एमालेका ३ वडाध्यक्ष सहित १५ जना निर्वाचित भएका छन । एमालेका निर्वाचित प्रतिनिधिले पार्टि अनुशासन उल्लङघन नगरेमा गाँउकार्यपालिका एमालेले गठन गर्ने निस्चित छ । ६ जना सदस्य निर्वाचित भए संगै १३ सदस्यिय कुम्मायक गाँउकार्यपालिका गठन हुनेछ । आज सोमबार मतदान समय तोकीएको र हाल सर्वदलिय बैठक बसीरहेको निर्वाचन अधिकृतको कार्यालय, कुम्मायकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ४९ बजे