पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनका लागि आज भएको निर्वाचनमा एमालेका ६ जना गाँउ कार्यपालिका सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
गाँउसभामा निर्वाचित महिलाहरु मध्येबाट चार जना महिला सदस्य गाँउकार्यपालिका सदस्यमा निर्वाचित हुने संवैधानिक ब्यवस्था अनुसार एमालेका सुस्मा लावती, विष्णु कुमारी भट्टराई, गंगामाया विश्वकर्मा र निम्की भोटिनी निर्विरोध निर्वाचित हुनुभएको हो ।
साथै दुई जना दलित वा अल्पसङ्ख्यक समुदायका सदस्य पदमा निर्वाचित हुने प्रावधान अनुसार एमालेका वीरेन्द्र मंग्राती र पुण्यप्रसाद राई निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले प्रकाशित निर्वाचन तालिका अनुसार अन्य कुनै दलको मनोनयन नपरेको एवं उमेद्वार उपर दावि विरोध समेत नरहेकोले निज सदस्यहरु निर्विरोध निर्वाचित हुनभएको निर्वाचन अधिकृत दशरथ राईले बताउनु भयो ।
सात वटा वडा रहेको हिलिहाङ गाउँपालिकामा उपाध्यक्ष, चार जना वडाध्यक्ष सहित गाँउसभा एमालेको बहुमत रहेकोले एमालेको मात्रै एकल उम्मेदवारी परेको हो ।
आज भएको कार्यपालिकाको निर्वाचन अनुसार १५ सदस्यीय गाउँ कार्यपालिका गठन भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष १, सदस्यमा वडाध्यक्ष ७, दलित वा अल्पसंख्यक समुदायबाट सदस्य २ र महिला सदस्य ४ जना रहेका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ०९ बजे