पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

झापा । पूर्व – पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी – धरमपुर सडक खण्डमा आज बुधवार विहान यात्रुवाहक बसको ठक्करबाट प्रहरी सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ पथरी – शनिश्चरे – ८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

को १ ख ७१८७ नं को झुल्केदेवी यातायात बसले प्रदेश १–०२०४० प ७१४९ नं को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : ११ बजे