पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । स्थानीय तहको निर्वाचन सम्पन्न भई मतगणनाको कार्य अन्तिम चरणमा पुगेको छ । ७ सय ५३ स्थानीय तह मध्ये  करिब सोमबार मध्यान्न सम्ममा ७ सय ३० को मतगणना सकिएको छ । स्थानीय सरकारले नयाँ प्रतिनिधि पाईरहेका छन ।

गाँउ सभा /नगर सभा गठन र गाँउकार्यपालिका /नगरकार्यपालिका गठनको प्रक्रिया अगिबढेको छ । नेपालको संविधान भाग १८ मा स्थानीय ब्यवस्थापिका सम्बन्धि ब्यवस्था गरिएको छ । त्यसै गरि संविधान भाग १७ मा स्थानीय कार्यपालिका सम्बन्धि ब्यवस्था छ ।

संविधानको धारा २२१ अनुसार स्थानीय तहको ब्यवस्थापिकीय अधिकार गाँउसभा  र नगरसभामा निहित रहने भन्ने उल्लेख छ ।  त्यसै गरि धारा २१४ मा स्थानीय तहको कार्यकारीणी अधिकार गाँउकार्यपालिका र नगरकार्यपालिकामा निहित रहने उल्लेख छ ।

यसरी गाँउ सभा /नगर सभा गठन र गाँउकार्यपालिका /नगरकार्यपालिका गठन गर्ने दायित्व समेत निर्वाचन आयोगको रहने निर्वाचन ऐनको ब्यवस्था हो ।

कसरी नगरसभाको गठन हुन्छ । पाँचथर जिल्लाको  फिदिम नगरपालिका लाई हेरौ ।

फिदिम नगरपालिकामा जम्मा १४ वटा वडाहरु रहेको छन । यो नगरपालिकामा बैसाख ३० गते सम्पन्न भएको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालिद्वारा निम्न जनप्रतिनिधि निर्वाचित भएका छन ।

नगरप्रमुख १ जना

उपप्रमुख १ जना

प्रत्येक वडाका बडाध्यक्ष सहित ४ जना सदस्य  जम्मा १४ वडा X ५ जना = ७० जना

दलित वा अल्पसंख्यक समुदायबाट नगरपालिकाको हकमा ३ जना ( सम्बन्धित स्थानीय तहका दलित वा अल्पसंख्यक –नेपाल सरकारले सुचिकरण गरेका ९८ अल्पसंख्यक  समुदायका नागरिक उम्मेद्वार हुन पाउने जसलाई माथीको ७२ जना निर्वाचित प्रतिनिधिले चुन्ने छन)

यसरी ३ जना निर्वाचन भए पछी ७५ जनाको फिदिम नगरसभा गठन हुनेछ ।

नगरकार्यपालिका गठनलाई हेरौ

नगरप्रमुख १ जना

उपप्रमुख १ जना

१४ वडाका वडाध्यक्षहरु १४ जना

माथिका दलित वा अल्पसंख्यक समुदायबाट ३ जना स्वत सदस्य रहने ।

माथी प्रत्यक्ष निर्वाचित महिलाहरु मध्येबाट ५ जना महिला कार्यपालिकामा सदस्य हुने ।  जसमा माथिका निर्वाचित ७५ जनाको नगरसभाले निर्वाचित महिलाहरुमध्ये ५ जना महिला सदस्य चुन्ने छ ।

यसरी हेर्दा फिदिम नगरकार्यपालिका २४ जनाको गठन हुनेछ ।  

गाँउपालिकामा पनि यहि अनुसार गाँउ सभा र गाँउकार्यापालिका गठन हुने संवैधानिक एवं कानुनी ब्यवस्था छ । फरक यति छ कि गाँउपालिकाको हकमा दलित वा अल्पसंख्यक समुदायबाट २ जना र महिला सदस्य ४ जना निर्वाचित हुनेछन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : १६ बजे