पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

प्रमुखमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५ सय ७५ मतले पराजित गरेका हुन । काफ्लेले ९ हजार ८ सय ५५ मत ल्याउँदा लावतीले ९ हजार २ सय ८० मात्र मत प्राप्त गरेका छन ।

प्रमुखमै मंगोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २ सय ८८, जनता समाजवादी पार्टी नेपालका विष्णुकुमार लावतीले २ सय ७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गरेका हुन ।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरेका छन । न्यौपाने ९ हजार ३६ मत प्राप्त गरि विजयी भएका हुन भने थापाले ५ हजार ६ सय ३४ मत प्राप्त गरेका छन ।

उपप्रमुख पदमा जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५ सय ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १ सय ९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ३६ बजे