पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदमा एमालेका भिम बहादुर योङया (सुवास) ८० मतान्तरले विजयी भएका छन । भिम बहादुरले ४ हजार १ सय १८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धन तर्फका नेपाली काँग्रेसका मविन्द्र योङयाले ४ हजार ३८ मत प्राप्त गरेका हुन । अध्यक्ष पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरेन्द्र लावतीले १ सय ८५ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा एमालेकै बाबा मेयाङ्बो विजयी भएकी छन । मेयाङ्बो ३ हजार ९ सय ९८ मत सहित विजयी हुँदा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका अर्जुन बेघा ३ हजार ६ सय ७९ मत प्राप्त गरेका हुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्षका उमेद्वार रमला फेदाप तेयुङले २ सय ५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय याङवरकले जनाएको छ ।

छ वटा वडा रहेको याङवरकमा वडा नं। १, ३, ५ मा एमाले  तथा २, ४, ६ मा गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् । यो पालिकामा एमालेलाई जनाता समाजबादी पार्टिले सहयोग गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ४५ बजे