पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । फिदिम नगरपालिका वडा नं ११ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार पराजित भएका छन । प्रदेश – १ का आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पाँचथर ईन्चार्च इन्द्रबहादुर आङ्बो ‘मौसम’ को वडामा गठबन्धन पराजित भएको छ ।

फिदिम – ११ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका निवर्तमान वडा अध्यक्ष श्री प्रसाद घिमिरे एमालेका राजेन्द्र थापासँग पाराजित भएका हुन । मत्र्ञी आङ्बोको वडा फिदिम ११ मा एमालेका राजेन्द्रले २ सय ८ को मतअन्तरले विजय हासिल गरेका हुन । राजेन्द्रले ५ सय ९८ मत प्राप्त गर्दा गठबन्धनका घिमिरेले ३ सय ९० मत मात्र गरेका छन ।

सदस्यमा एमालेका अर्पना विश्वकर्मा र गंगाकुमारी आङ्बो र सत्ता गठबन्धन तर्फका मानबहादुर जबेगु र यामकुमार आङबो विजय भएका छन । यामकुमार मन्त्री आङबोका स्वयं जेठो दाजु हुन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ०० बजे