पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाको १ नगरपालिका र ७ गाँउपालिका मध्ये ६ गाँपालिकाको निर्वाचन मतगणना सम्पन्न भई सकेको छ ।

कुम्मायक,  फालेलुङ,  हिलिहाङ, फाल्गुनन्द,  तुम्वेवा र मिक्लाजुङ गाँउपालिकाको नतिजा आईसकेको छ भने फिदिम नगरपालिका र याङवरक गाँउपालिकाको मत गणना जारी छ ।

मंगलबार मध्यान्न २ बजे यो समाचार तयार गर्दै गर्दा ६ स्थानीय तह मध्ये ५ गाँउपालिकाको अध्यक्षमा काङ्ग्रेस र १ गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ ।

उपाध्यक्ष तर्फ ४ गाँउपालिकामा नेकपा माओवादी केन्द्र,  १ गाँपालिकामा कांग्रेस र १ गाँउपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

कुम्मायक गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बम प्रसाद लावती बिजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्दि एमालेका भिम सम्बाहम्फेलाई १ सय ५३ मतले पराजित गरेका हुन् । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

अध्यक्षमा लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले २९ सय मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खड्का बिजयी बनेका छन् । खड्काले निकटतम प्रतिद्वन्दि एमालेकी सीता आचार्यलाई २८ मतले पराजित गरेका हुन् । उपाध्यक्षमा खड्काले २ हजार ७ सय ५८ मत प्राप्त गर्दा आचार्यले २ हजार ७ सय २४ मत प्राप्त गरेका हुन ।

फालेलुङ गाँउपालिकामा नेपाली कांग्रेसका विरबिक्रम थाम्सुहाङ बिजयी भएका छन । उनले नेकपा एमालेका जयप्रकाश केरुङलाई ३१ सय ५८ मतले पराजित गरेका छन । थाम्सुहाङले ५ हजार ७ सय ७९ मत प्राप्त गर्दा केरुङले २ हजार ६ सय २१ मत मात्र प्राप्त गरेका छन ।

उपाध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगु बिजयी भएका छन् । जबेगुले एमालेकी सुजता बान्तबा राईलाई हराउदै बिजयी भएका हुन् ।
जबेगुले ५ हजार २ सय १४ मत प्राप्त गर्दा बान्तवाले मत २ हजार ८ सय ७५ प्राप्त गरीन ।

 हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी बिजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेद्वार बनेका अधिकारीले नेकपा एमालेका भवनी प्रसाद लिङदेनलाई २ सय १० मतले हराउदै विजयी भएका हुन् । अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङदेनले ४ हजार ३ सय ५८ मत मात्र प्राप्त गरे । भवानी प्रसाद लिङदेन निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा नेकपा एकृकित समाजबादीका भूवनी प्रसाद लिङदेनलाई २८ मतले हराउदै एमालेकी सुमित्रा सेढाइ विजयी भएकी छन् । सुमित्रा सेढाई निर्वतमान उपाध्यक्ष समेत हुन् । सेढाइले ४ हजार १ सय ४६ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १ सय १८ मत प्राप्त गरेकी हुन                                                    ।
फाल्गुनन्द गाउँपालिकामा सत्ता गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । अध्यक्षमा बृजहाङ आङदेम्वे र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ बिजयी भएका छन ।

कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका बीरबहादुर कुरुम्वाङलाई १ हजार ९६ मत अन्तरले पराजित गरेका हुन । आङदेम्वेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४ सय ४३ मत प्राप्त गरेका छन ।   

उपाध्यक्षमा नेम्बाङले जनता समाजबादी पार्टिकी बबिता नेम्बाङलाई हराउदै बिजयी भएका हुन् । नेम्वाङले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त गरीन ।

तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का बिजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेद्वार बनेका खड्काले नेकपा एमालेका गोबिन्द बहादर तामाङलाई ४ सय ११ मतले हराउदै विजयी भएका हुन् । खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गरेका छन ।

उपाध्यक्षमा नेकपा  माओबादी केन्द्रका खड्क सम्बाहाम्फे बिजयी भएका छन । सम्हाम्फेले ६ सय ९९ मतले एमालेकी नन्दाकुमारी धमलालाई पराजित गरेका हुन । सम्बाहाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा धमलाले २ हजार ९ मत मत प्राप्त गरेकी छन । 

मिक्लजाजुङ गाँउपालिकाको अध्यक्ष नेकपा माओबादी केन्द्रका अमराज माखिम विजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेद्वार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मतले हराउदै विजयी भएका हुन् ।

माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ २६ मत मात्र प्राप्त गरे । माखिम मिक्लाजुङ गाउँपालिकाको निर्वतमान अध्यक्ष हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्मा  बिजयी भएका छन् । उनि एमालेकी धनमाया सारु मगरलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।सेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत हजार मत प्राप्त गरीन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २५ बजे