पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


फिदिम । पाँचथरको याङवरक गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।
याङवरक–१ को वडाध्यक्षमा एमालेका राजेन्द्र खालिङ राई ५ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन । यहाँ गठबन्धनका लक्षुमन गुरुङले ४ सय ४० मत प्राप्त गरेका छन ।

वडा सदस्यहरुमा एमालेका शान्ति राई, टुकामाया दर्जी नेपाली, नरबहादुर गुरुङ र धनराम ढुङ्गेल विजयी भएका छन ।
गाउँपालिका अध्यक्षमा एमालेका सुवास योङयाले ५ सय २० र गठबन्धनका मविन्द्र योङयाले ४ सय ९०, उपाध्यक्षमा एमालेका बाबा मेन्याङ्बोले ५ सय ९ र गठबन्धनका अर्जुन बेघाले ४ सय ६९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : १० बजे