पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका १ मा स्वतन्त्र उम्मेद्वार घनेन्द्र आङ्देम्बे विजयी भएका छन । आङ्देम्बेले सत्ता गठबन्धन ( नेकपा माओवादी केन्द ) का उम्मेद्वार विष्णु राईलाई ३१ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन ।

आङ्देम्बेले ४ सय ६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका विष्णु राईले ४ सय ३७ मत प्राप्त गरेका छन । राई निर्वतमान वडाध्यक्ष समेत हुन ।

सत्ता गठबन्धन तर्फको उमेद्वारीमा १ नम्बर वडा नेकपा माओबादी केन्द्रको भागमा परे पछि कांग्रेस नेता आङदेम्बेले स्वतन्त्रबाट उम्मेद्वारी दिएका हुन । उनको पुतली चुनाव चिन्ह हो । उनलाई सत्ता गठबन्धनको घटक जसपाले सहयोग गरेको थियो ।  अन्य चार सदस्यमा गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका विमला खड्का, दुर्गा नेपाली, धनराज राई र पूर्णकुमार आङदाम्बे विजय भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ४४ बजे