पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । जिल्लाको सदरमुकाम फिदिम नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) का गजाधर भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन । भट्टराई ४ सय ३३ मतान्तरका साथ विजयी भएका हुन । भट्टराईले १३ सय १३ मत प्राप्त गर्दा काँग्रेस नेतृत्वको गठबन्धनका सन्तोष मोक्तानले ८ सय ८० मत प्राप्त गरेका छन । भट्टराई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं निवर्तमान वडाध्यक्ष समेत हुन ।

फिदिम १ मा एमालेले जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलसँगको सहकार्यमा प्यानललेनै शानदार विजय हाँसिल गरेको छ । वडा सदस्यहरुमा मुना नेम्वाङ, भगवती कामी, चैतन्य बुढाथोकी र दीपेन्द्र थापा मगर विजयी भएका छन ।

फिदिम–१ बाट नगर प्रमुख पदमा एमालेको पृथ्वी लावतीले १३ सय १६ मत प्राप्त गर्दा काँग्रेस नेतृत्वको गठबन्धनका मित्रप्रसाद काफ्लेले ९ सय ७३ मत प्राप्त गरेका हुन । यस्तै नगर उपप्रमुखमा एमाले–राप्रपाका तालमेलका जगत थापा मगरले १२ सय २६ मत प्राप्त गर्दा गठबन्धनका राधाकृष्ण न्यौपानेले ६ सय ५९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ५८ बजे