पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम – पाँचथर जिल्लाको तुम्वेवा गाँउपालिका वडा नं. १ मा गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका धनबहादुर कार्की विजयी भएका छन । कार्कीले २७ मतान्तरले एमालेका निर्वतमान वडाध्यक्ष मोतिराज तामाङलाई पराजित गरेका हुन । कार्कीले ५ सय ४५ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्दी तामाङले ५ सय १८ मत ल्याएका छन ।

महिला सदस्यमा एमालेकी मनकुमारी तामाङ ५०५ मत प्राप्त गरि विजय भएकी छन भने दलित महिला सदस्यमा माओवादी केन्द्रकी अनिता दमाईले ४ सय ९३ मत प्राप्त गरि विजय भएकी छिन ।

अन्य सदस्यमा एमालेका रुमा भन्डारीले ४ सय ३४ र  सावित्रा सम्बाहाम्फेले ४ सय ७९ मत प्राप्त गरी विजय भएका छन ।

५ वटा वडा रहेको तुम्बेवा गाँउपालिकाको वडा नम्बर १ मा १९ सय ११ मतदाता रहेकोमा ११ सय ४६ मत खसेको र १९ मत बदर भएको छ । वडा नम्बर २ को मत गणना जारी रहको निर्वाचन अधिकृतको कार्यालय तुम्वेवाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : २९ बजे