पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका वडा नं. ६ को वडाध्यक्षमा गठबन्धनका उमेद्वार अमरबिर राई सहित उनको प्यानल बिजयी बनेको छ ।

नेपाली काँग्रेस फालेलुङ ६ का सभापति समेत रहेका अमर कलम चिन्ह्बाट चुनाब लडेका हुन । गठबन्धनमा यो वडा नेकपा एकिकृत समाजवादीलाई परेपछि आन्तरिक सहमतिको आधारमा उनी कमल चिन्ह्बाट चुनाबी मैदानमा उत्रिएका हुन ।

निकटतम प्रतिद्वन्द्धि नेकपा एमालेकी पनिता राईलाई ४२ मतले पछि पार्दै अमर बिजयी बनेका हुन् । अमरले ४ सय १८ मत प्राप्त गर्दा पनिताले ३ सय ७६ मत पाएकी हुन् । यो वडामा कुल १ हजार ३ सय ३६ मा ८ सय ७० जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २२ बजे