पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

८ स्थानीय तह रहेको पाँचथर जिल्लामा ८६ हजार ७ सय १३ मत खसेको छ । १ लाख ४० हजार २ सय २४ मतदाता रहेकोमा ६१ दशमलब ८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी दिएको छ ।

१ नगरपालिका र ७ गाउपालिका रहेको स्थानीय तहको ६० वटा वडामा १ सय १ मतदान स्थलका १ सय ७६ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा सवैभन्दा बढी ६४ प्रतिशत मत खसेको छ । १४ वडा रहेको नगरपालिकामा ३४ हजार १६ मतदाता छन । कुम्मायक गाँउपालिमा सवैभन्दा कम ५६ दशमलब ९८ प्रतिशत मत खसेको छ ।

स्थानीय तहखसेको मतप्रतिशत
फिदिम नगरपालिका२१८४५६४.२३
हिलीहाङ गाँउपालिका९९३१६०.१०
याङवरका गाँउपालिका८९६०६३.७०
फालेलुङ गाँउपालिका१०४६८६०.९८
फाल्गुनन्द गाँउपालिका११६५१६२.७२
कुम्मायक गाँउपालिका६७१४५६.९८
तुम्वेवा गाँउपालिका५६९२६०.१५
मिक्लाजुङ गाँउपालिका११४५२६१.८८
कुल खसेको मत८६७१३ 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ५५ बजे