८ स्थानीय तह रहेको पाँचथर जिल्लामा ८६ हजार ७ सय १३ मत खसेको छ । १ लाख ४० हजार २ सय २४ मतदाता रहेकोमा ६१ दशमलब ८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी दिएको छ ।
१ नगरपालिका र ७ गाउपालिका रहेको स्थानीय तहको ६० वटा वडामा १ सय १ मतदान स्थलका १ सय ७६ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा सवैभन्दा बढी ६४ प्रतिशत मत खसेको छ । १४ वडा रहेको नगरपालिकामा ३४ हजार १६ मतदाता छन । कुम्मायक गाँउपालिमा सवैभन्दा कम ५६ दशमलब ९८ प्रतिशत मत खसेको छ ।
| स्थानीय तह | खसेको मत | प्रतिशत |
| फिदिम नगरपालिका | २१८४५ | ६४.२३ |
| हिलीहाङ गाँउपालिका | ९९३१ | ६०.१० |
| याङवरका गाँउपालिका | ८९६० | ६३.७० |
| फालेलुङ गाँउपालिका | १०४६८ | ६०.९८ |
| फाल्गुनन्द गाँउपालिका | ११६५१ | ६२.७२ |
| कुम्मायक गाँउपालिका | ६७१४ | ५६.९८ |
| तुम्वेवा गाँउपालिका | ५६९२ | ६०.१५ |
| मिक्लाजुङ गाँउपालिका | ११४५२ | ६१.८८ |
| कुल खसेको मत | ८६७१३ |
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १० : ५५ बजे







प्रतिक्रिया