पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।

कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौँ बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो ।

पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ३६ बजे