पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फाल्गुन १ देखि विद्यालय संचालन गर्ने निष्कर्ष

फाल्गुन १ देखि विद्यालय संचालन गर्ने निष्कर्ष

काठमान्डौं – कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको हो । 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु निष्कर्ष निकालिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनका अनुसार यसको जिम्मा डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा छलफल भएको थियो । यसको थप निर्णय भने सिसिएमसीको बैठकले लिने भण्डारीले बताए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ३८ बजे