पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर ।  जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरि संचालनमा ल्याईएको छ । यो प्लान्टले प्रतिदिन करिब ३० वटा अक्सीजन सिलिन्डर भर्ने बुझीएको छ । जसले ३५ बटा बेड सम्मलाई आवश्यक अक्सीजन आपूर्ति हुने अस्पताल प्रमूख डा. बुद्दीबहादुर थापाको भनाई छ ।

१ नम्बर प्रदेश सरकारको सहयोगमा प्लान्ट जडान गरिएको हो । प्लान्ट जडानको लागि ९७ लाख २८ हजार लागत लागेको अस्पताल प्रशासनको भनाई छ । विगतमा प्लान्टको अभावको कारण अक्सीजन भर्न अस्पताल प्रशासनले सिलिन्डर झापा पुर्याउनु पर्ने बाध्यता थियो । यस प्लान्ट जडानबाट प्रति सिलिन्डर भर्न करिब ४० मिनेट लाग्ने र एकैपटकमा ३ वटा सिलिन्डर भर्न सकिने स्वास्थ्य प्राविधिकको भनाई छ ।

प्लान्ट जडान कार्यले कोभिड तेश्रो लहरबाट संक्रमितलाई उपचारमा सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ५६ बजे