पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं – नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा अनिवार्य एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

आगामी फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ । एमालेले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ४३ बजे