पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं – कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघ देखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षा बारे निर्णय गर्न मंगलबार त्रिवि पदाधिकारीको बैठक बसेको हो ।

‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो ।

कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका  थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : १२ बजे